क़्वारेनटीन र आइसोलेशन

एउटा अनौठो शब्द थियो

क़्वारेनटीन र आइसोलेशन ।

अपरिचितबाट चिरपरिचित बोलि बन्यो

क़्वारेनटीन र आइसोलेशन ।।

जीवन बचाउने बुटी रैछ

क़्वारेनटीन र आइसोलेशन ।

कोरोनाबाट मुक्तिको मार्ग भैछ

क़्वारेनटीन र आइसोलेशन ।।

डोनाल्ड ट्रंप देखि बामदेवलाई तह लगाउने

क़्वारेनटीन र आइसोलेशन ।

दुसाशन देखि सकुनीरुपी कुचरित्रलाई सबक सिकाउने

क़्वारेनटीन र आइसोलेशन ।।

पापीको अधर्म स्थानान्तरण रोक्ने

क़्वारेनटीन र आइसोलेशन ।

छुवाछुतवादीलाई क्वाप्पै टोक्ने

क़्वारेनटीन र आइसोलेशन ।।

माता दुर्गाभन्दा अमूल्य गहना हो

क़्वारेनटीन र आइसोलेशन ।

रोग रुपी महिषाशुरलाई स्तब्ध पारिदिने नमूना हो

क़्वारेनटीन र आइसोलेशन ।।

क़्वारेनटीन र आइसोलेशन ।।।