नेपाली आमाको रगतमा रताम्मिएको तिमी
कयौं युवाहरुको दर्दनाक सपना तिमी
देशलाई छेद बिछेद पारिदिने हँसिया तिमी
सोझो मुन्टोमा छद्मभेषी अनुहार तिमी
सिधा साधा जनतालाई भिडाउने पात्र तिमी
सपूतहरु जन्मने भूमिको कपूत तिमी
दाहा र इर्श्याले भरेको अशुर तिमी
मन्दिर रुपी शरीरमा छद्मभेषी रूप तिमी
राम र बुद्ध भूमीको रावण र अंगुलीमाल तिमी
शान्तिको क्षेत्रमा युद्ध र आतंक मच्चाउने पापी तिमी
जातजातिमा द्वन्द र कलह निम्त्याउने धमिरा तिमी
एकतालाई खल्बल्याउने छद्मभेषी चाहना तिमी
राष्ट्रियताको सवालमा झोला बोक्ने झोले तिमी
गिट्टी बालुवा माटोको रगत चुस्ने जुगा तिमी
जीवनको मूल्य अवमूल्यन गर्ने पाखण्डी तिमी
नाशेर जाने अज्ञानी शरीरमा छद्मभेषी मानिस तिमी
छद्मभेषी मानिस तिमी