जय प्रकाश मल्ल र इन्द्र जात्रा

कान्तिपुरका अन्तिम मल्ल राजा जय प्रकाश मल्ल र संसार को एक मात्र जीवित देवी कुमारीको अन्तरनिहित सम्बन्ध रहेको छ। झ्वाट्ट हेर्दा हामीले यो राजाको बारेमा तेती सुनेका हुन्नौं । तर कुमारी देवीको रथ यात्राको प्रचलन चलाउने राजा उनी नै हुन् । हनुमान ढोका दरबारको शान तलेजु भवानीको प्रतिकको रुपमा पूजित कुमारी छान्ने र नेवा जातिको धरोहरको रुपमा स्थापित गराउने राजा पनि यिनी नै हुन्।

अहिले रहेको कुमारीको बस्ने बासस्थान स्थापना गराउने र कुमारी द्य : लाई ससम्मानका साथ राख्ने प्रचलन पनि यिनै राजाबाट सुरु गरिएको हो। यिनी तेस्ता संस्कृति, कला र आफ्नो मौलिकतालाई मन पराउने राजा हुन् जसले आफ्नो शासनको अन्तिम कालखण्डमा समेत आफ्नो राजकाजलाई बेवस्था गरी संस्कृति प्रबर्द्धन गर्ने तर्फ़ लागे।

Juju Jaya Prakash Malla of Kantipur

आफ्नो जीवनको कट्टर दुश्मन पृथ्वी नारायण शाहले आफू बस्ने बसन्तपुर दरबार पूरा घेरी सक्दा पनि लगनको वरिपरितिर आफू स्वयम् कुमारीको रथ तान्नमा होस्ते हैस्ठे गर्दै धुमधाम संग जात्रामा मस्त थिए। आफ्नो संस्कृति र परम्परालाई जीवन्त दिन राजकाजलाई समेत ध्यान नदिई कुमारी माईप्रति अर्पित थिए। यसले यिनको कुमारीप्रतिको श्रद्धा ,विश्वास,आस्था र भक्ति बारे अझ प्रष्ट पार्दछ।

गोर्खा राजाले काठमाडौँमा पुरै नाकाबन्दी गरेपछी जय प्रकाशको केही नलागेकोले आफ्नो जीवनको अन्तिमकालसम्म देवीदेवताको भक्ति मै उनले समर्पण गरेका थिए। उता बाट गोर्खा फौज पूरा भाला, तरबार र सैनिक जवानहरुको टुकडी लिएर धावा बोल्दै आएको र यता नेवा जातिका अन्तिम राजा हर्ष र उलाषका साथ कुमारीको रथ तान्दै गरेको दृश्य अवश्य नै मन छुने दृश्य हो ।

पृथ्वी नारायणको कमाण्डमा काठमाडौँ कब्जा गरेरै छोड्ने संकल्प लिएर आएका शक्तिशाली गोर्खाली फौज सामू जय प्रकाश निरीह भएर आफूले नै स्थापना गरेको जात्रा छोडेर त्यहाँ बाट भाग्नु परेको थियो। सायद त्यो नै यी राजाको अन्तिम पटक कुमारी दर्शन थियो। आफ्नो टोल, शहर, संस्कृति, परम्परा र आफूलाई मनपर्ने जात्रा र आफू नै सहभागी हुन नपाएको अवस्थाको पीडा यी राजाले मात्र अनुभव गरेको होला।

राजा गुनकामदेवको पालादेखि प्रचलनमा आएको इन्द्र जात्राको रथारोहन गरी भब्य रुपमा मनाउने प्रचलन यिनीले नै ल्याएका थिए। उक्त दिनमा सारा काठमाडौँ बासीहरु एक अर्का प्रतिको बैमनस्य छोडी दिल खोलेर जात्रामा सहभागी हुन्थे। यही दिनको अवसरलाई कुरेर बसेका गोर्खालीले आखिर यो संस्कृतिक धरोहरलाई आफ्नो कब्जामा लिई छोडे।

आफ्नो राजकाजको दौरानमा नै अनेकौँ चुनौतिहरुको सामना गरेका राजा जय प्रकाश गोर्खाली सेनाहरुको त्राशले झनै आतंकित थिए। गल्ति गर्दा दण्ड दिन एकथोपा पनि नहिच्किचाउने र माइसोरका सम्राट टिपू सुल्तानसँग दाँजिने राजा उनको साशन गर्ने शैलीबाट देशको हित नचाहनेहरु थरथर थिए र चांडोभन्दा चांडो सत्ताच्युत गर्न चाहन्थे। यस्तो अवस्थामा पनि संस्कृतिप्रेमी राजाले संस्कृति र कलाको प्रवर्द्धनमा कुनै किसिमिको समस्या आउन दिएनन्। यो नै यिनको साशनकालको ठूलो देन हो

इन्द्र जात्राको दिन यी निडर राजालाई पराजित गरेर लखटिएता पनि जीवित देवी कुमारीको प्रचलन रहुन्जेल यीनको नाम सधैँ रहनेछ। तलेजु भवानीको अन्ध भक्त जुजु जयप्रकाश माता तलेजुसंगै पासा खेल्ने एक मात्र दुर्लभ राजा हुन्। कान्तिपुर दरबारको आँगनमा हालसम्म पनि जात्रा पर्ब र बिशेषत इन्द्रजात्राको दौरान यी साहसी र निडर राजाको संस्कृतिप्रेमी आत्माले कतैबाट आफ्नो सहभागिता जनाइरहेको छ भनेर भन्दा अन्याय नहोला। यो जात्राको सुत्रपातक श्री महाराज जयप्रकाशलाई नजोडीनु उहाँ प्रतिको अन्याय नै हो भनेर भन्दा दुइमत नहोला।

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s