Nepali

समयको ठत्यौला

बलवान् समय , अविरल समय

अनाशक्त’ समय , भयमुक्त समय

समयको गति , गतिबिहीन’

यसको प्रभाव’ , सोचबिहीन’ ।

कस्तो शालीन हो यो समय ?

कस्तो बईमान हो यो समय ?

मान्छेलाई घर भित्र थुन्ने नि यो समय

बाध्यताबश घर बाहिर धकेल्नि नि यो समय ।

अनेकन परिस्थिति सिर्जना गर्ने यो समय

समस्त मानव जाति को मालिक यो समय

हामीसंग लुकामारी खेल्ने रुचाउने यो समय

चोरपुलिस सरह खेदने नि यो समय ।

प्राणीलाई जन्माउने नि यो समय

आगोमा लगेर स्वाहा गर्ने नि यही समय

वर्ग , गोत्र , समुदाय नहेर्ने यो समय

सबैलाई समान व्यवहार गर्ने यो समय ।

अनि केका दम्भ र मनोमानी ?

यसको धुनमा बहन सिकन हार नमानी

मितेरी गाँसेर साइनो लगाउन तिमि पनि

बल्ल ख्याल ठट्टामा बित्ला यो जिन्दगानी

यो जिन्दगानी ।।।

प्रकृतिको पाटोमा

म हिड्ने बाटोमा

तिमिलाई फूलको माला बिच्छाई दिएँ

बाँच्नको लागि स्वच्छ , पवित्र र निर्मल पृथ्बिको रचना गरिदिएँ

गहना समान यो धर्तिलाई तिम्रो सामू अर्पण गरिदिएँ

तिमि जस्तै बांच्न मनपराउने सुन्दर चराचुरुंगी , बन्यजन्तु ,

तिम्रो आसपास जंगलमा रमाउन छोडिदिएँ ।

तर तुच्छ मानिस के विडम्बना भनुं’ म ?

मलाई नष्ट गर्न बाहेक तिमीले केही कसर छोडेन’

जति कष्ट खेप्नु परेनी तिमीलाई केही असर परेन

आमा समान धर्तिमाता म

एकचोटी त बुझ्ने प्रयास गर

तिमीलाई आफ्नो सन्तान सरह छेमा’ दिरहें

तिमीले छोडेको बिष म अमृत सरह पिरहें

तर हे अलज्ज़ी मानिस ?

कतिन्जेल चलेला तिम्रो मनमानी

कतिन्जेल सहुँला तिम्रो आनाकानी

बेला आएको छ मेरो अनागीनित आँसुको मोल चुकाउने

आकाश , धर्ति र पाताल सबैलाई आफ्नो अधिनमा राख्ने दुष साहास गर्ने

तिमीलाई सबक सिकाउनु नै अहिले को ठुलो पाठ हो

मेरो पनि केही भएपनि शक्ति प्रदर्शन गर्नु अहिले दबाब हो ।

आफ्नो चिरबिरेपनलाई ओरालो लगाइदेऊ

आफ्नो अहंकारलाई वारी बाट पारि लखेटीदेऊ

म भए तिमि रहला , म बाँचे तिमि बचौला

मेरो पीडालाई सहन गरे तिमि फलौला , फुलौला ।

कठैबरी म अझै तिमीहरुलाई आमा समान माया गर्छु

अहिलेको मेरो संदेशलाई गम्बिरता पुर्वक मनन गर

आफू पनि बाँच अरुलाई पनि बाँच्न देउ

आफू पनि खुस र अरुलाई पनि खुशी देउ

यो प्रकृतिलाई आफ्नो पाटोमा बाँच्न देऊ

आफ्नो पाटोमा बाँच्न देऊ ।

बिचित्रको युग

२१औं शताब्दीको संसार

किन भयो यस्तो लाचार

धर्तीमा हुकुमत जमाउने मानिस

वहा ? कठैबरा के कुरा चैं तिमिले आफ्नो ठानिस’?

तिमीहरुको लाचारी पन

थेग्न सकेन यो पृथ्वीले झन् झन्

कति सम्म दबाउँछौ तिनीलाई ?

कति सम्म तर्साउंछौ हो यो युगलाई ?

विकासलाई शिराना गरेको तिमी

धर्तीमा राज गरेको तिमी

कता हरायो त तिम्रो दम्भ ?

कसले हरण गर्यो त्यो अभिमानरुपी तिम्रो स्तम्भ ?

ती आविष्कारकलाई मात दिएको यो युग

ती घमण्डहरुलाई खरानी बनाएको यो जुग

ती निर्दयीलाई दया दिएको यो युग

ती आन्गिन्ति सपनाहरु बिलाएको यो जुग

कस्तो बिचित्रको युग

बिचित्रको युग ।।

गाईंगुईंको देश

क्या मज्जाको हो , हाम्रो देशको स्थिति

जसले जे गरेपनि हुने कस्तो बिडम्बनाको रिति तिथि

बस एक हल्ला काफी छ सबैलाई तर्साउन

झूट , सत्यको फरकलाई नजिकैबाट दर्शाउन ।

मामुली लाग्ला हो तिमीलाई यो शब्द

कडा छ। पार्देला है अशक्त

आँधीबेरी भन्दा नि भयानक छ यसको तागत

पराई बनाइदेला। तिर्नलाई सावाँ , ब्याज र लागत ।।

बिश्वास लाग्दैन ? भने नगर्नु न यकिन

तर एउटा साझा सुझाव ,”कमन जस्ट टेक इन् “

अब हल्का आशा छ, बुझ्लौ भनी यसको चर्तिकला

अनि त ग्यारेन्टी नै , त्यो गाईंगुईंको संसारमा किन भर्ति नहोला ।

गाईंगुईं हाम्रो माटोको असली साथी

जिन्दगीलाई नै पारिदेको छ यसले तलमाथि

यता गाईंगुईं ले व्यक्तिगत स्वार्थ पुरा हुन्छ

उता पिडित जनता सडकमा अलपत्र परेर रुन्छ ।।

अहिले यस्तो महामारीको अवस्थामा

तर हाम्रो देश गाईंगुईंको पर्वाहमा

देश चलाउनेहरु कुर्शी बचाउने अभियानमा

हामी जन्ता अस्तव्यस्थताको चिहानमा ।

दिक्दार होलऊ, सुनेर यस्तै फोगटको समाचार

ढुक्क होऊ ब्रो ! कसैले गर्ने छैन विचार

तिमि गाईंगुईंको बाजा बजाई राख

हामी तेस्को धूनमा नाची राखछौं

हाम्रो धर्ति आमालाई बाजी राखछौँ

कम्मर पड्काई पड्काई नाची राखछौं

कम्मर मडकाई मडकाई नाची राखछौं।।।