त्यो निधारको राताम्य टिका
किन लाग्छ आज मलाई फिका
पर्देसिएको म र मेरो कथा
सुनाउन मन लाग्छ आज मलाई मेरो व्यथा
अपरिचित सहरमा अल्मलिएको म
स्यानो आशमा भुलिएको म
खै सकिन्दैन त खोक्रो सपनाको पहाड
रणभुल्लमा छु, मन मान्दैन यो तछाड र मछाड
बाल्यकालको चुलबुले यादमा रमाउँदा
ठुलाबडाको टिका रुपी प्रसाद लगाउँदा
पर्देसिएको भावनालाई एकछिन भएनी बिर्सन्थे
त्यो पसिना र आँशुलाई पलभरलाई टाढा राख्थें
बाध्यतामा किनारा लागिसकेको मेरो यो जीवन
न्यास्रो लागेपनि दशैंमा याद आउँछ झन्झन्
निधारमा माता दुर्गाको आशिर्वाद रहिरहोस् भन्ने मेरो चाहना
विजया दशमीको सबैलाई हार्दिक मंगलमय शुभकामना।